पूर्व प्रहरी प्रमुख अर्यालमाथि अख्तियारको आँखा

पूर्व प्रहरी प्रमुख अर्यालमाथि अख्तियारको आँखा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन तीब्र रुपमा शुरु गरेको छ।

गत फागुनमा अवकाश पाएका अर्यालमाथि अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानविन थालेको स्रोतले जनाएको छ। अख्तियारले अर्यालको सम्पत्ति विवरण लिएको छ ।

अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको छ।