ताप्लेजुङ–दार्चुला संयुक्त चुनावी अभियान शुरु

ताप्लेजुङ–दार्चुला संयुक्त चुनावी अभियान शुरु

काठमाडौ । वाम गठबन्धनले आजदेखि संयुक्त चुनावी अभियान थाल्दैछ । आगामी प्रदेश र प्रतिनीधिसभा चुनावलाई लक्षित गरी ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्न लागेको गठबनधनले जनाएको छ ।

चुनावी तालमेलदेखि पार्टि समेत एकता गर्ने जनाएका गठबन्धनमा आवद्ध दल नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरु अभियानमा सहभागी रहनेछन् ।

अभियान अन्तरगत पहिलो दिन आज ताप्लेजुङको सदरमुकाम फुङलिङमा हुने कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलाीले सम्बोधन गर्नेेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने ताप्लेजुङ जाने छैन ।

प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र, चितवन क्षेत्र नम्बर तीनमा आजै हुने कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले ताप्लेजुङ नजाने उनको सचिवालयले जनाएको छ ।

आज ताप्लेजुङबाट शुरु हुने अभियान २६ गते दार्चुला पुगेर समापन हुनेछ । अभियानका क्रममा दुवै पार्टीका शीर्षनेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

र स्थानीयस्तरमा तय हुने निर्वाचन केन्द्रित कार्यक्रममा पनि पार्टीका उच्च तहका नेता सहभागी हुने एमाले केन्द्रिय कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।