“मायालु’’ म्यूजिक भिडियोसँगै उदाए मिन विश्वकर्मा

“मायालु’’ म्यूजिक भिडियोसँगै उदाए मिन विश्वकर्मा

काठमाडौ । आधुनिक गीतबाट पहिलो पाइला चालेका नव गायक मिन बिश्वकर्माले आफ्नो गीतको पहिलो म्यूजिक भिडियो लिएर दर्शक माझ आएका छन्।

कलाका प्रतिाभाशाली गायक विश्वकर्माले भर्खरै मात्र आफनै शब्द अनि संगीतमा “मायालु’’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक गरेको हो।

“मायालु’’ म्यूजिक भिडियोमा गायक मिन लगाएत साथीहरुको सामुहिक अभिनय रहेको छ भने काठमाडौ आसपासका सुन्दर छेत्रहरुमा भिडियोको छायांकन गरिएको छ।

दृस्टीकोण मिडियाद्वारा प्रस्तुत गायक बिश्वकर्माले “मायालु’’ भिडियोसंगै अब अरु गीतहरुको रेकर्डिङ्ग कार्यहरु धमाधम भैरहेको वताए भने अब केहि हप्ता भित्रैमा अन्य गीतको म्यूजिक भिडियो निर्माण गरिने जानकारी दिए ।