जहाजलाई बनाए संग्रहालय, अवलोकनका लागि सबैलाई खुल्ला

जहाजलाई बनाए संग्रहालय, अवलोकनका लागि सबैलाई खुल्ला

काठमाडौ । काठमाडौंको सिनामंगलमा बिग्रिएको जहाजलाई सजाएर बनाइएको संग्रहालय आजदेखि अवलोकनका लागि खुला गरिने भएको छ।

सन् २०१५ मा टर्किस एयरको एयरबस ३३० अवतरणका क्रममा चिप्लिएपछि फेरि उड्न नसकेपछि सोहि बिमानलाई सिनामंगलमा ल्याएर जहाज संग्रहालय बनाईएको हो ।

संग्रहालय आजदेखि औपचारिक रुपमा सबैका लागि खुल्ला गरिने जहाज संग्रहालयका सञ्चालक क्याप्टेन वेद उप्रेतीले जानकारी दिए।

संग्रहालयलाई ‘नेपाल एभिएसन म्युजियम काठमाडौं’ नाम दिइएको छ । संग्रहालयभित्र ५ खण्ड बनाएर उड्डयन क्षेत्रकै विषयवस्तु प्रदर्शनीका लागि राखिएको छ।

यसले आम सर्वसाधारण र विद्यार्थीमा उड्डयन क्षेत्रको जिज्ञासा मेटाउने र प्रत्यक्ष अवलोकनले ज्ञान समेत अभिवृद्धि हुने क्याप्टेन बस्नेतले बताए।

संग्रहालयमा परिचयपत्र भएका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पूर्णरुपमा निःशुल्क प्रवेश दिइनेछ । त्यस बाहेकका विद्यार्थीलाई ५० प्रतिशत छुट र अन्यलाई डेढ सयदेखि ३०० सम्म प्रवेश शुल्क लिने तयारी छ ।

उड्डयन क्षेत्रका कर्मचारीले भने संग्रहालयमा निशुल्क प्रवेश पाउनेछन् ।