विभिन्न कार्यक्रम गरी गुरु नानक जन्म जयन्ती मनाउँदै

विभिन्न कार्यक्रम गरी गुरु नानक जन्म जयन्ती मनाउँदै

काठमाडौ । नेपालका शिख धर्मालवम्बीहरुले आज शिख धर्मका प्रवर्तक गुरु नानकको ५ सय ४९ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।

शिख धर्मका अनुयायीहरुले आजको दिनलाई प्रकाश उत्सवको रुपमा मनाउने गर्दछन् । गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो।

गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए । शिख धर्मका प्रथम संस्थापक, प्रवर्तक एवं गुरु नानकको हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन आस्था र भक्तिभावका साथ जन्मजयन्ती मनाउने गर्दछन् ।

गुरु नानकको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्दै गुरू नानकले देखाएको माया, सद्भाव, सत्य र अहिंसाको बाटो हामी सबैका लागि मार्गदर्शक र व्यवहारिक भएको बताएको छ ।