लडेर विदेशी नागरिकको मृत्यु 

लडेर विदेशी नागरिकको मृत्यु 

भोजराज कार्की/सोलुखुम्बु । सोलुखुम्बुमा एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । अमाडब्लम हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर बर्ष ५९ को कोरियन नागरिक न्यानहुन्लीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बले जनाएको छ।

अमाडब्लम हिमाल आरोहण गरेर फर्कने क्रममा बुधबार करिब ६ हजार ६ सय मिटरको उच्चाई पुग्दा लडेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

कार्तिक ३ गते हाईट हिमाल ट्रेक कम्पनी काठमाण्डौ मार्फत उनी सहित ७ टोली काठमाण्डौबाट सोलुखुम्बु आएका थिए ।

शवलाई शुक्रबार फिष्टल एयरको हेलिकप्टरबाट लुक्ला ल्याई कानुनी प्रकृया पूरा गरि काठमाण्डौको शिक्षण अस्पताल लगिएको सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक रेशम बहादुर पराजुलीले जानकारी दिए ।