हिन्दू राष्ट्र र ‘राजासहितको प्रजातन्त्र’ नाराकासाथ चुनावमा होमिने

हिन्दू राष्ट्र र ‘राजासहितको प्रजातन्त्र’ नाराकासाथ चुनावमा होमिने

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र ‘राजासहितको प्रजातन्त्र’ नारा लिएर चुनावमा जाने भएको छ ।

हिन्दु राज्य संवैधानिक राजसंस्थालाई निरन्तरता दिनु पर्ने एजेण्डा सहित चुनावी घोषणापत्र बनाउन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिए।

पाठकका अनुसार घोषणापत्रमा राजसंस्थाको आदर्श उल्लेख गरी वैचारिक दृष्टिकोण बनाउन कार्यकर्ताबाट सुझाव आएको छ।

एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको राप्रपाले उत्पादन र वितरण प्रणालीलाई न्यायोचित रुपमा सबै जनताको पहुँचमा पु¥याउन आर्थिक उदारवादको लक्ष्य लिएको छ ।

Share