चर्चित सेक्स स्क्याण्डलमा मुछिएकी मोनिका सार्वजनिक

चर्चित सेक्स स्क्याण्डलमा मुछिएकी मोनिका सार्वजनिक

काठमाडौ । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनसंगको प्रेम–रोमान्सका कारण अत्यन्त चर्चामा आएका मोनिका लेवेन्स्की यौन दुव्र्यवहारमा परेका महिलाले चलाएको ‘मी टू’ अभियानमा संलग्न बनेकी छन् ।

क्लिन्टनसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि तात्कालीन समयमा ह्वाइट हाउसमा कार्यरत २४ वर्षीया मोनिकाले निकै अपमानपूर्ण र कष्टकर अवस्था झेल्नु परेको थियो।

लामो समयदेखि गुमनाम जीवन बिताइरहेकी मोनिका अहिले भने यौन उत्पीडन विरुद्ध इन्टरनेटमा चलाइएको ‘मी टू’ अभियानमा जोडिन आइपुगेकी हुन् । ट्वीट गर्दै अभियानमा समर्थन जनाए पनि मोनिकाले आफ्नो अनुभव भने सार्वजनिक गरेकी छैनन्।

सन् १९९८ मा क्लिन्टनसँगको मामला सार्वजनिक भएलगत्तै मोनिकामाथि ‘चरित्रहीन’ भएको आरोप समेत लागेको थियो ।

हाल मोनिका अनलाइन उत्पीडन र साइबर बुलिंग पीडितका लागि काम गरिरहेकी छन् । हलिउड फिल्मका निर्माता हर्वी वाइनस्टीनको सेक्स स्कैंडल सार्वजनिक भएपछि विश्वभर ‘मी टू’ अभियान चलाइएको छ ।

यूनिसेफका अनुसार संसारमा एक करोड बीस लाख महिला कुनै न कुनै रुपमा यौन दुब्र्यवहारको शिकार भएका छन् ।