डा. महतले यसरी गरे मनोनयन दर्ता

डा. महतले यसरी गरे मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाश शरण महतले भब्य रुपमा आफ्नो मनोनयन दर्ता गराएका छन्।

बाँसबारी स्थित निवासबाट साइत गरेर मनोनयन दर्ता गर्न निस्किएका डा. महतलाई पार्टी कार्यकर्ताहरुले नारायणगोपाल चोक स्थित क्षेत्रिय प्रचार प्रसार समितिको कार्यालयमा पु¥याएका थिए।

डा. महतले प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेपछि कार्यकर्ताको ठूलो पङ्ती सहित मनोनय पत्र दर्ता गर्न पुगेका थिए।

गाढी र मोटरसाइकल ¥याली सहित कांग्रेस कार्यकर्ताले डा. महतलाई निर्वाचन कार्यालय पु¥याएका थिए।

नेवारी बाजा बजाउँदै नेवारी परम्परागत पोशाकमा समेत कार्यकर्ता उपस्थित थिए।

कांग्रेस केन्द्रीय सदस्य रहेका डा. महत दुई पटक परराष्ट्रमन्त्री र एक पटक उर्जा मन्त्री रहेका प्रभावशाली नेता हुन्।

डा.महतसगैं प्रदेश सभाका लागि ‘क’ बाट रमा गुरागाई र ‘ख’ बाट रमेश खड्काले पनि मनोनयन दर्ता गराएका छन्।

गुरागाई पहिलो संविधान सभाकी सदस्य हुन भने खड्का नेपाली कांग्रेसको ५ नंं क्षेत्रीय सभापति हुन्।