काठमाडौका जनताको अनुहार उज्यालो बनाउने अजयक्रान्तिको अडान

काठमाडौका जनताको अनुहार उज्यालो बनाउने अजयक्रान्तिको अडान

काठमाडौ । काठमाडौ क्षेत्र नंबर ९ वाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा सदस्य क बाट बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य र प्रदेशसभा सदस्य ख बाट स्थानिय नेता केशव पोखरेलको उम्मेदवारी दर्ताको लागि भेला भएका यी नेताहरुमा जनलहरको व्यापक समर्थन देखिएको छ।

Dr.Ajaya Kranti Shakya in Election Campion of Kathmandu.

काठमाडौका जनताको मुहार उज्यालो बनाउनका लागि क्रियाशील भएर लाग्न आफूहरु अत्यन्त क्रियाशील भएर लाग्ने क्षेत्र नंबर ९ को प्रदेश क बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका उज्याला नेता डाक्टर अजयक्रान्ति शाक्यले भनेका छन्।

विगत अढाई दशकदेखि नेकपा एमालेको राजनीतिमा शालिन तवरवाट राजनीति गर्दैआएका डाक्टर अजयक्रान्ति शाक्यको प्रदेशसभा सदस्यको उम्मेदवारी सही र आवश्यक व्यक्तित्व भएको काठमाडौ महानगरपालिकाका एक मात्र महिला वडा अध्यक्ष १४ नंवर वडाका अध्यक्ष शोभा सापकोटाको जिकिर रहेको छ।

वडा अध्यक्ष सापकोटाले क्षेत्र नंबर ९ ले नेकपा एमालेको तर्फवाट क्षमतावान सही उम्मेदवारहरु चयन गरेको दावी नै गरेकी छन्। त्यसैगरेर, बाम बुद्धिजीवि श्याम सापकोटाले क्षेत्र नंबर ९ का यी उम्मेदवारहरुलाई सफलताको लागि शुभकामना भनेका छन्। बुद्धिजीवि सापकोटा जनताप्रति निष्ठावान यस्ता उम्मेदवारहरुलाई नेपाली जनताले विजयी बनाउन कुनै कसर राख्न नहुने तर्क राख्छन्।