डिशहोम र रेस्लिङ संघको आयोजनामा अन्तर्राष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता हुँदै

डिशहोम र रेस्लिङ संघको आयोजनामा अन्तर्राष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता हुँदै

काठमाडौ । डिशहोम र नेपाल रिंग रेस्लिङ संघको संयुक्त आयोजनामा यहि कार्तिक २५ र २७ गते दोस्रो अन्र्तराष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता हुने भएको छ।

रेस्लिङ प्रतियोगिता दशरथ रंगशालाको कवर्डहलमा कार्तिक २५ गते र ईटहरीको ठूलो जनता मा. वि. मा कार्तिक २७ गते हुने ‘दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता २०१७’ मा ८ देशका व्यवसायिक रेस्लर खेलाडीहरुको सहभागिता रहने छ ।

यस ‘दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ प्रतियोगिता २०१७’ मा अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, निल र माक्सम्यानले सहभागिता जनाउने पक्का पक्की गरिसकेका छन्।

नेपालका तर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साईन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने भएका छन्।

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लर द्धय सोफी र दिलासाले सहभागिता जनाउने छन्।

त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डेले प्रतियोगिताका खेलहरु खेलाउने छन् ।

यो प्रतियोगिता डिशहोमको मुख्य प्रायोजनमा हुन गइरहेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस्बाट दशरथ रंगशालाको कबर्डहलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।

रेस्लिंगप्रेमी दर्शकहरुले प्रतियोगितास्थलमै गएर हेर्नको लागि भने काठमाडौंको लागि इ–सेवाको कुनैपनि काउन्टरबाट  वा meroshows.com बाट टिकट लिन सक्नेछ।

इटहरीमा हुने प्रतियोगिता भने स्थानीय श्री राष्ट्रिय जागृती क्लबले आयोजना गर्नेछ ।