सोलुखुम्बुमा मामा-भान्जावीच कडा भिडन्त

सोलुखुम्बुमा मामा-भान्जावीच कडा भिडन्त

भोजराज कार्की/सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा (क) मा मामा भान्जाको रोचक भिडन्त हुने भएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् ।

नेकपा (एमाले) का नेता उत्तम बस्नेत बाम गठबन्धनको तर्फबाट प्रदेश सभा (क) का साझा उम्मेद्वार हुन् भने बस्नेत नाताले मामा पर्छ । यस्तै नेपाली काग्रेसबाट सोही पदमा प्रकास सिंह कार्की उम्मेदवार बनेका छन् । कार्की नाताले भान्जा हुन् ।

बाम शक्ति र काग्रेस बीच कडा प्रतिस्पर्धा हुने यस क्षेत्रमा मामा भान्जाको उम्मेद्वारीले खुव चर्चा पाउन थालेको छ । “रगतको नाता भएपनि राजनीतिमा फरक फरक धु्रबमा अगाडी बढेपछि मैदानमा जे नतिजा आउँछ हामी सहर्ष स्वीकार गर्न तयार छौ” नेपाली काग्रेसका उम्मेद्वार प्रकास सिहं कार्कीले भने ।  उनले भने, “मैदानमा उत्रिएका छौ जे हुन्छ नतिजा आएपछि थाहा हुन्छ, आएको परिणामलाई स्वीकार गर्नुपर्छ।”  

यस्तै बाम गठबन्धन तर्फका उम्मेदवार उत्तम कुमार बस्नेतले भने, “मामा भान्जाको नाता घरभित्रको नाता हो तर समाज सेवामा त्यो नाताबाद लागु हुदैन, हामी चुनावी मैदानमा छौ, यसको निर्णायक जनता हुन्।”

स्थानीय तहको मतपरिणामलाई हेर्दा को बलियो ?

चार गाउँपालिका मध्ये महाकुलुङ र दुधकौसीका प्रमुखमा माओवादीले जितेको छ भने सोताङ र नेचा सल्यान गाउँपालिका प्रमुख एमालेले जीतेको छ।

स्थानीय तहको मत परिणामलाई आधार मान्दा प्रदेश सभा क मा कांग्रेस उम्मेद्वार प्रकाश सिंह कार्की भन्दा गठबन्धनका उम्मेदवार एमालेका उत्तम कुमार बस्नेत ४ हजार ८२७ मतले अगाडी छन् । प्रदेश सभा क मा महाकुलुङ, सोताङ, दुधकौशिका र नेचा सल्यान गाउँपालिका रहेको छ।

जहा स्थानीय तहमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत ११ हजार ३३ रहेको छ भने कांग्रेसको मत ६ हजार २०६ रहेको छ । यहाँ कांग्रेस ४ हजार ८२७ मतले पछि छ।