‘रिफर्मिङ्ग टू क्रियट जब’ मा नेपाल दुई स्थान माथि

‘रिफर्मिङ्ग टू क्रियट जब’ मा नेपाल दुई स्थान माथि

काठमाडौ । नेपालमा व्यवसायिक लगानीको वातावरणमा सुधार देखिएको छ । विश्व वैंकले सार्वजनिक गरेको ‘फर्मिङ्ग टू क्रियट जब ‘ मा नेपाल दुई स्थान माथि उक्लिएको हो।

विश्वका १ सय ९० वटा देशको अर्थतन्त्रलाई समेटेर तयार पारिएको प्रतिवेदनले विभिन्न विषयका आधारमा तयार गरिएको १ सय अंकमा नेपालले ५९ दशमलव ९५ अंक पाएको छ।

१० वटा सूचकमा नेपालले साना लगानीकर्ताको संरक्षण वैदेशिक व्यापार सहजता, समस्याग्रस्त संस्थाको व्यवस्थापन, सम्पत्ती दर्तामा सबैभन्दा राम्रो स्थान प्राप्त गरेको छ।

सूचकमा नेपालले ६२, ७६, ७६ र ८४ औं स्थान हासिल गरेको छ । यसअघि नेपालभन्दा पछिल्लो स्थानमा रहेको भारतले छलाङ मारेको छ भने चीनको स्थान फेरिएको छैन्।

यसअघि १ सय ३० औं स्थानमा रहेको भारत १ सय औं स्थानमा आइपुगेको छ । १० सूचकमा भारतले ८ वटामा सुधार गरेको प्रतिवेदनमा उल्लेख छ। ताइवान ५ र हङकङ भने १५ औं स्थानमा छ ।