मानव बेचबिखन न्यूनिकरण अझ चुनौतिपूर्ण बन्दै

मानव बेचबिखन न्यूनिकरण अझ चुनौतिपूर्ण बन्दै

काठमाडौ । नेपालमा पछिल्लो समय मानव बेचबिखन न्यूनिकरण चुनौतिपूर्ण बन्दै गएको छ । बेचबिखनका स्वरुप परिर्वतन हुदै गएकाले थप चुनौतिपूर्ण बनेको सरोकारवालाको भनाई छ ।

अहिले बेचबिखनको माध्यम बैदेसिक रोजगार बनिरहेको छ। सरकारले १ सय १० वटा देशमा रोजगारीका लागि जान स्विकृती दिएको भएपनि १ सय ७० देशमा नेपाली पुगेका छन्।

गैरकानुनी रुपमा गएका नेपाली आधिकांस बेचबिखनका शिकार बनेको पाइएको महिला बेचबिखन विरुद्ध काम गररहेको संस्था माइती नेपालले जनाएको छ।

बेचबिखनमा पर्नेमा धेरै महिला रहेको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बताइन्।

पहिले नेपाली महिला भारतमा बेचिने गरेकोमा अहिले बैदेशिक रोजगारीको माध्यमबाट ओमन र कुवेतमा सबैभन्दा बढि बेचिने गरेको पाइएको छ ।

त्यस्तैगरी सिरया, इराक, इरान जस्ता द्धन्दग्रस्त देशहरुमा समेत नेपाली महिला बेचिएका छन् ।