३० लाख खाद्य संकटमा, १५ लाख घरबार बिहिन

३० लाख खाद्य संकटमा, १५ लाख घरबार बिहिन

मध्य अफ्रिकी देश कंगोमा भोकमरीका कारण विकराल अवस्था सिर्जना भएको भन्दै संयुक्त राष्ट्रसंघले सहायताका लागि आह्वान गरेको छ।

राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम डब्लुएफपीका प्रमुख डेभिड बेस्लीले कंगोको कसाई प्रान्तमा चरम भोकमरीका कारण लाखौं मानिस जोखिममा रहेको बताएको बिबिसीले जनाएको छ ।

बेस्लीले कसाईमा आपतकालीन अवस्था देखिएको बताउँदै बेस्लीले कसाईमा हिंसाका कारण कैयौं घर जलेका, र बालबालिकामा गम्भिर कुपोषणको समस्या देखिएको र त्यही कारण कैयौंले अकालमा ज्यान गुमाउनु परेको बताए।

कसाईमा मानवीय सहायता पुर्याउँन आर्थिक अभाव भएको भन्दै बेस्लीले सहायताका लागि विश्व समुदायसँग अपिल गरेको छ।

केही दिनभित्रै त्यहाँ खाद्यान्न पुर्याउँन नसके हजारौंले ज्यान गुमाउने उनको चेतावनी छ।

डब्लुएफपीका प्रमुख बेस्लीका अनुसार कंगोमा ३० लाखभन्दा बढी मानिस अहिले पनि खाद्य संकटको चपेटामा छन् ।

सन् २०१६ मा सरकारी सुरक्षा बलसँगको संघर्षका दौरान एक स्थानीय नेताको मृत्यु भएपछि कसाईमा हिंसा भड्किएको थियो। त्यसयता १५ लाखभन्दा बढी मानिस घरबार बिहिन भएका छन् । तिनीहरुमध्ये अधिकांश बालबालिका छन् ।

–एजेन्सी