एशिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा

एशिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा

काठमाडौ । मलेसियामा हुने १९ वर्ष मुनिको एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ। नोभेम्बर दोस्रो हप्तादेखि शुरु हुने प्रतियोगिताको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो।

मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि वेंकटपति राजुको छनोट समितिले टिम छनौट गरेको हो।

टोलीमा रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सन्दीप सुनार, प्रनित थापामगर, पवन सर्राफ, महमद आशिफ शेख, किसोर महतो, शाहब आलम, प्रकाश केसी, अनिलकुमार साह, कमलसिंह ऐरी, भिम सार्की, रसिद खान र जितेन्द्र सिंह छन्।

यस्तै सन्दीप जोरा, बिक्रम भुसाल, अंकित सुवेदी र बिजय चौधरी बैकल्पिकमा परेका छन् । प्रतियोगिता नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुनेछ।

त्यसअघि नेपाली टोली अभ्यासका लागि बंगलादेश जानेछ । बंगलादेशमा नेपाली टोलीले तीन वटा अभ्यास खेल खेल्नेछ ।