सञ्चारकर्मी डोमा सगरमाथा चुम्ने पूर्व तयारीमा

सञ्चारकर्मी डोमा सगरमाथा चुम्ने पूर्व तयारीमा

भोजराज कार्की /सोलुखुम्बु । सञ्चारकर्मी एवम् पत्रकार डोमा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा लागेकी छिन् । आउँदो वर्षको वसन्त ऋतुमा सगरमाथा चुम्ने योजना रहेको शेर्पाको भनाई छ ।

 

सञ्चारकर्मी एवम् पत्रकार शेर्पाको ग्रीन लेक ट्रेक एन्ड एक्सपीडिसन नामक ट्रेकिङ कम्पनीबाट आरोहण गर्ने तयारी भईरहेको छ। आरोहणको तयारी स्वरुप तालिम लिदै, आर्थिक संकलनको अभियान समेत शुरु गरेको डोमाले बताइन् ।

महिला सशक्तिकरण, राष्ट्रिय अन्तराष्ट्रियस्तरमा महिला पत्रकारलाई पत्रकारता पेशा प्रति आकर्षित गर्दै पर्यटन विकासमा सहयोग गर्ने उदेश्यले सगरमाथा आरोहण गर्ने डोमाको भनाई छ । आरोहण सफल गर्न जम्मा रु.३९ लाख रुपैया लाग्ने भएकाले यतिबेला अर्थ व्यवस्थापनमा नै लागि परेकी छिन् ।

सगरमाथा आरोहणका लागि अभियान शुरू गरिसकेकी पत्रकार डोमाले विभिन्न सघ संस्था तथा व्यक्तिहरूमा अभियानलाई सफल बनाउन सहयोगको पनि अपिल गरेकी छिन् ।

यो अभियान सफलता पूर्वक सम्पन्न गर्न सबैले साथ दिने शेर्पाको विश्वास छ। भविश्यमा पत्रकारितासँगै महिला अधिकारको निम्ति सशक्त रूपमा अघि बढ्ने शेर्पाको भनाई छ ।

सोलुखुम्बुको सोलु दुधकुन्ड नगरपालिका २ सालबेशीमा जन्मिएकी डोमा अहिले पत्रकारिता विषयमा स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत् छिन्।

सामान्य परिवारमा जन्मिएकी शेर्पाको उमेर २७ वर्ष हो । अविबाहित डोमा शेर्पा सञ्चार समूहको पूर्व अध्यक्ष, आदिवासी जनजाति युवा संघको उपाध्याक्ष पनि हुन्।

सोलुअनलाईनमा ८ बर्ष अघि प्रवेश गरेकी डोमा पत्रकारितालाई आफ्नो पेशाकै रुपमा बिकास गराउदै अगाडी बढीरहेको बताउछिन्।

पत्रकारीता पेशालाई नै अगाडी बढाउने क्रममा गोर्खा एफÞएममा कार्यक्रम प्रस्तोता हुदै इन्डिजीनियस टिभीमा हिमाली आवाज नामक कार्यक्रमको सन्चालिका तथा शान्तिमार्ग, हिमाली सन्देश डट कम पत्रिकाको सञ्चालिकाको रूपमा कार्यरत छिन्।