सिट बाँडफाँड टुंग्याउन काँग्रेस संसदीय बोर्ड बैठक बस्दै

सिट बाँडफाँड टुंग्याउन काँग्रेस संसदीय बोर्ड बैठक बस्दै

काठमाडौ । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै दलहरुले उम्मेदवार चयनलाई तिब्रता दिएका छन्।

उम्मेदवार छनौट र गठबन्धनमा आवद्ध दलहरुबीच सिट बाँडफाँडबारे छलफल गर्न सत्तारुढ नेपाली काँग्रेस संसदीय बोर्डको बैठक आज पनि बस्दैछ।

अहिले केहिबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पहाडी जिल्लाको सिट बाँडफाँड टुंग्याउन प्रयास गरिने नेता रमेश रिजालले जानकारी दिए।

तराईका जिल्लामा भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालसँग सिट बाँडफाँडमा कुरा मिलेको छैन । दुई दलले २ नम्बर प्रदेशमा आधा भन्दा बढी र ५ नम्बर प्रदेशमा झण्डै बराबरी सिट माग गरेका छन् ।

स्थानीय चुनावमा आ–आफूले जितेको क्षेत्र बाँडफाँड नगर्ने र एमाले र माओवादीले जितेका ठाउँमा दुई पक्षमध्ये जम्मा भोट जोड्दा जो दोस्रो हुन्छ त्यो क्षेत्र उसैलाई छाड्ने मापदण्डमा छलफल भइरहेको काँग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।