राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा

राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा

काठमाडौ । प्रथम प्याब्सन १८ बर्षमुनिको राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा भएको छ । आयोजक नेपाल विद्यालय भलिबल कमिसनले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको हो ।

पर्सी आईतवारदेखि शुरु हुने प्रतियोगिता १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा देशैभरबाट महिलातर्फ १६ र पूरुषतर्फ २३ गरी ३९ विद्यायलयबाट करिब ६ सय खेलाडीले सहभागिता जनाउने छन् ।

महिलातर्फको खेल नकआउटका आधारमा हुनेछन् भने पुरुषतर्फको खेल लिग कम नकआउटका आधारमा गरिने विद्यालय भलिबल कमिसिनका अध्यक्ष राम बहादुर केसीले जानकारी गराए।

प्रतियोगिताको सबै खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिषण केन्द्रको कोर्टमा हुनेछ । यही प्रतियोगिताबाट उत्कृष्ट २४ महिला र २४ पुरुष खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

महिला र पूरुष दुवैतर्फको विजेताले समान १–१ लाख, दोस्रो हुनेले ६० हजार तथा तेस्रो हुने टिमले ३५–३५ हजार रुपैया प्राप्त गर्नेछन्।