भोलिसम्ममा सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाउने

भोलिसम्ममा सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाउने

काठमाडौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनले भोलिसम्ममा सबै क्षेत्रका उम्मेदवारको टुंगो लगाउने भएको छ।

केही ठाउँमा दुवैतर्फका नेताहरुको दावीका कारण टुंगो लाग्न बाँकी रहेकाले शीर्ष तहबाटै उम्मेदवारी टुंगो लाग्ने गठबन्धनले जनाएको छ।

भोलिसम्ममा सबै क्षेत्रका उम्मेद्वारको नाम सार्वजनिक गर्ने तयारी भएको एमाले नेता सुवास नेम्वाङले बताए । केही क्षेत्रको भागबण्डा शीर्षनेताले लगाउने नेम्वाङले जानकारी दिए।

सबैजसो क्षेत्रमा निश्चित प्रतिशत छुट्ट्याउनु भन्दा पनि जित सुनिश्चित हुने गरी बामगठबन्धनले उम्मेदवार तय गरेको नेताहरुले बताएका छन्।

एमाले र माओवादी केन्द्रले चुनाव लगत्तै पार्टी एकताका लागि सैद्धान्तिक आधार लगायतका विषयमा छलफल गरिरहेको नेम्वाङले बताए।