छठ पर्व सम्पन्न, देशैभर सार्वजनिक विदा

छठ पर्व सम्पन्न, देशैभर सार्वजनिक विदा

काठमाडौ । छठ पर्व आज उदाउँदो सूर्यलाई अघ्र्य दिएसंगै सकिएको छ । हिजो बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी विधिपूर्व अघ्र्य दिएर रातभर जाग्राम बसेका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न भएको हो।

उदाउँदो सूर्यको उपासना र पूजा आरधनाका लागि बिहानैदेखि विभिन्न नदी तलाउका किनारमा ब्रतालुहरुको भीड लागेको थियो। छठ पर्वका अवसरमा सरकारले आज पनि सार्वजनिक विदा दिएको छ।

छठ पर्वको अवसरमा जनकपुरको गंगासागर, वीरगंजको घडिअर्वा, बाराको कलैया सिद्धेश्वर, बरेवा, सिम्रौनगढ कंकाली, निजगढ बकैया, जितपुर बकुलिया, चन्द्रनिगापुरको चाँदे छठगाठ, गौरको बरवा, रामजानकी छठघाट, हेटौंडाको राप्तितट लगायतका नदी तथा तलाउका किनार झिलिमिली बत्तिसहित झकिझकाउ पारिएको थियो।

छठ पर्व सम्पन्न भएपछि अहिले विभिन्न परिकार सहित प्रसाद ग्रहण चलिरहेको छ ।