छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई पूजा, नदी, तलाउ र पोखरी झकिझकाउ

छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई पूजा, नदी, तलाउ र पोखरी झकिझकाउ

काठमाडौ । छठ पर्वको मुख्य दिन आज बेलुकी, अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अघ्र्य दिएर मनाउँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व अस्तीदेखि शुरु भएको हो ।

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले अटल सौभाग्य र पतिप्रेम प्राप्तिका लागि छठ व्रत राखेपछि त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ।

महाभारतमा उल्लेख भए अनुसार द्रौपदी सहित पाँच पाण्डवले गुप्तवास सफल होस् भनी सूर्य देवलाई नै आरधना गरेका थिए।त्यसैले यो पर्वमा सूर्यलाई विशेष महत्व दिईन्छ।

आज कठोर निराहार व्रतबसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिने विधि विधान छ।

आज रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन अर्थात भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ।

छठ पर्वका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वाग्मती, बल्खु, नख्खु र विष्णुमती लगायत नदी किनारमा सझाएर झकिझकाउ पारिएको छ। आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नु हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

तराईका नदी तथा पोखरी पनि झकिझकाउ पारिएको छ। यसैबीच छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन्।