घोड सवारमा कन्याम घुम्ने पर्यटकको संख्यामा बृद्धि

घोड सवारमा कन्याम घुम्ने पर्यटकको संख्यामा बृद्धि

काठमाडौ । ईलाममा घोड सवारी संचालनमा आएपछि कन्याम चियावगान घुम्न जाने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ।

 

झण्डै ५ किलोमीटर घोडामा चढेर चिया बगान घुम्दै फोटो खिच्ने रहरले कन्याम पुग्न आन्तरिक र बाह्य पर्यटक लालायित हुने गरेका छन्।

 

पर्यटकलाई घोडामा चढाएर चियाबारी डुलाउँदा मनग्ये आम्दानी हुने भएकाले घोडा सञ्चालक समेत आकर्षित भएको त्यहांका छत्रबहादुर मोक्तानले बताए।

 

घोडा सञ्चालकले सामान ढुवानी गर्दा दैनिक ५ सय रुपैया आम्दानी गर्ने गरेकोमा अहिले २ हजार ५ सयसम्म कमाई गर्न थालेका छन्।