क्रिष्टियानो रोनाल्डोले जिते लगातार दोस्रो पटक फिफा वर्ष खेलाडिको उपाधि

क्रिष्टियानो रोनाल्डोले जिते लगातार दोस्रो पटक फिफा वर्ष खेलाडिको उपाधि

काठमाडौ । मेसी र नेमारलाई पछि पार्दै पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडिको उपाधि जितेका छन्।

गत सिजनमा स्पेनिस ला लिगा र यूरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डो फिफा वेष्ट प्लेअर बनेका हुन।

रोनाल्डोले धेरै पटक फिफाको उत्कृष्ट अवार्ड जित्ने मेसीको कीर्तिमानसंग बराबरी गरेका छन्।

संसारभरका फुटबल टिमका कप्तान, प्रशिक्षक, छानिएका खेल पत्रकार र अनलाईन भोटिङका आधारमा विजेता छनोट गरिन्छ। यसैबीच महिला तर्फ नेदरल्याण्डसकी लिएकै मार्टेन्स फिफा वेष्ट वुमन्स प्लेअर घोषित भएकी छन्।

प्रशिक्षकतर्फ रियल मड्रिडका जिनेदिन जिदान र महिला प्रशिक्षकमा नेदरल्याण्डकी सरिना विगमन उत्कृष्ट भए। यूभेन्टसका जियानलुजी बुफोन, उत्कृष्ट गोलकिपर, सेल्टिकका समर्थकलाई वेष्ट सपोर्टर अवार्ड, फ्रान्सीस कोनेले फेयर प्लेको अवार्ड प्राप्त गरे ।

फिफा वेष्ट टिममा क्रिष्टियानो रोनाल्डो, लियोनल मेसी, आन्द्रेइ इनेष्टा, नेमार, डानी अल्भेज, मार्सेलो, सर्जियो रामोस, लुका मोडरिच, टोनी क्रुज, जियानलुजी बुफोन, लियोनार्दो बोनुची परेका छन्।