उत्तर कोरिया विरुद्ध डटेर सामना गर्ने जापानी प्रधामन्त्रीको प्रतिबद्धता

उत्तर कोरिया विरुद्ध डटेर सामना गर्ने जापानी प्रधामन्त्रीको प्रतिबद्धता

जापानका प्रधानमन्त्री शिन्जो आबेले कडाईका साथ उत्तर कोरिया बिरुद्ध उत्रिने प्रतिबद्धता ब्यक्त गरेको छ ।  आम चुनावमा दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री आबेले देशको गहिरो संकट र उत्तर कोरियाबाट बढिरहेको खतराको डटेर सामना गर्ने प्रतिबद्धता जनाएको बिबिसीले जनाएको छ।

सरकारी टेलिभिजन एनएचकेका अनुसार प्रधानमन्त्री आबेको दल लिबरल डेमोक्रेटिक पार्टी एलडिपीले ३ सय १३ स्थामा जित हासिल गरेको छ।

जापानको प्रतिनिधि सभा ४ सय ६५ सदस्यीय छ र सरकार गठनका लागि २ सय ३३ आवश्यक हुन्छ। उत्तर कोरियासँगको बढ्दो तनावका कारण देशलाइ थप शक्तिशाली तुल्याउन भन्दै प्रधानमन्त्री आबेले निर्धारित मितिभन्दा एक बर्ष अगाडी नै चुनावको घोषणा गरेको थियो।

प्रधानमन्त्री आबेले आफ्नो चौथो कार्यकाल जापानी संविधानको धारा ९ लाई खारेज गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

यो धाराले जापानलाई शान्तिप्रेमी राष्ट्रका रुपमा परिभाषित गर्दै आत्मरक्षा बाहेकको अवस्थामा युद्धमा जानबाट रोकेको छ।