नेमकूलले गरे यूरोपमा टेलिभिजनको स्थापना

नेमकूलले गरे यूरोपमा टेलिभिजनको स्थापना

काठमाडौ। नेपाली,नेवार तथा तामाङ गरेर तीनभाषामा चलचित्र टेम्पो चालक निर्माण गरेर अत्यन्त चर्चा तथा ख्याति कमाएका निर्माता तथा नायक गंगा बहादुर नेम्कुलको अथक प्रयासमा युरोपमा नेपाली टेलिभिजन स्थापना भएको छ।

युरोपको पोर्तुगलमा नेपुगल नामक नेपाली टेलिभिजनको स्थापना भएको हो। यस टेलिभिजन मार्फत नेपाली कला–संस्कृतिको प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने मुख्य उदेश्यका साथ टेलिभिजन प्रसारण शुभारम्भ गरिएको जानकारी पनि नेम्कुलले भनेका छन्। नेपालको ने अनि पोर्तुगलको गल मिलाएर नेपुगल नाम तय गरेर टेलिभिजनको शुभारम्भ गरिएको हो।

यस नामलाई नेम्कुलको पोर्तुगिलिस साथी फेन्सेस्कोले जुराएका हुन्। पोर्तुगलमा रहेका नेपालीहरुलाई लक्षित गरेर यो टेलिभिजन स्थापना गरिएको र प्रारम्भमा नै धेरैले रुचाएको दावी पनि टेलिभिजनको कार्यकारी निर्देशक समेत रहेका नेम्कुलको दावी रहेको छ।