नेपाल-बाङ्लादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन सम्पन्न

नेपाल-बाङ्लादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन सम्पन्न

ललितपुर । कला विकासको लागि वितेका समयदेखि ज्यानै दिएर निरन्तर रुपमा योङ्ग पिकासोले अग्रणी भूमिका खेल्दै फड्को मार्दै आइरहेको छ।

यसै सन्दर्भमा आज ललितपुरको पाटन दरवार स्क्वायर स्थित पाटन म्यूजियममा एउटा ऐतिहासिक कलायात्रा “नेपाल–बाङ्लादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी” को उद्घाटन कार्यक्रमको आयोजना भएको छ। उक्त “नेपाल–बाङ्लादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी” को उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेको हो।

कार्यक्रमकै प्रमुख अतिथि मेयर महर्जनले उद्घाटन कार्यक्रममा वोल्दै आफूपनि सानैदेखि कलाप्रति बहुतै रुचि राख्ने गरेको र कलाको विद्यार्थी भएको दाबी गर्दै यस अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीले दुई देशवीच ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ तुल्याउनुका साथै सम्बन्धलाई अझ दर्विलो र गर्विलो पार्ने वताए ।

कार्यक्रमको अवसरमा ब्लूवर्डका कलेजका प्रमुख वीएस क्षेत्री, ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, बाङलादेशी कलाकार अतिथिहरु, कलाक्षेत्रकै विशिष्ट अतिथिहरु लगाएत सर्वसाधारणको उपस्थिति रहेको उद्घाटन समारोहमा बाङ्लादेशी अतिथिहरुले पनि मन्तव्य व्यक्त गरेका थिए।

चित्रकला प्रदर्शनीमा वाङ्लादेशको तर्फबाट १७ जना कलाकार र नेपालबाट १० जना नेपाली फाइन आर्ट आर्टिष्ट संलग्न रहेका छन्। यो अभियान अन्तर्गत योङ्गपिकासोले पोखराको धम्पुसमा एक कार्यशालाको आयोजना गरी पोखरामै ३ दिने चित्रकला प्रदर्शनी गरिने जनाएका छन्।

त्यस पश्चात ललितपुरको बज्रवाराही, सानागाउँ लुभू र सुन्दरीजलमा कार्यशालाको आयोजना गरी सोही ठाउँठाउँमा चित्रकला प्रदर्शनी गरिने कार्ययोजना रहेको आयोजकले न्यूजमिसाइल डट कमलाई वताए ।

कार्यक्रमको स्वागत भाषणको क्रममा योङ्गपिकासोका प्रवन्ध निर्देशक अजय देसारले भने, यस्ता महत्वपूर्ण कार्यक्रमको आयोजना गर्न पाउँनाले आफ्नो हौशला बढ्नुको साथै यसै क्षेत्रमा दिलो ज्यान दिएर लागि परेको र गाउँसहरदेखि कलाको विकास गरी देश विदेशमा समेत नेपालको नाम फैलाउँदै लैजाने क्रममा आफू कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेको थिए।

योङ्गपिकासोद्वारा आयोजित नेपाल–बाङ्लादेश अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमलाई फ्लेम, ब्लूवर्ड कलेज, नेपाल एकेडेमी अफ फाइन आर्टस्, ग्रीष्मा ग्राफिक प्रेश र राइजिङ्ग आर्टिष्ट ग्रुपको सपोर्टमा भएको हो भने कार्यक्रमको सञ्चालन बालमुकुन्द आचार्यले गरेका थिए।