ठमेलमा आजदेखि सवारी साधन चलाउन रोक

ठमेलमा आजदेखि सवारी साधन चलाउन रोक

काठमाडौ । प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काठमाडौंको ठमेलमा आजदेखि सवारी साधन चलाउन नपाइने भएको छ ।

ठमेललाई व्यवस्थित गरी विश्वकै नमूना शहर बनाउन भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले सवारी साधन प्रवेसमा रोक लगाएको हो।

अत्यावश्यक सवारी साधन बाहेक अरु सवारी साधनलाई प्रवेशमा रोक लगाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षा लगायतका अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन प्रवेस गर्न पाइने छैन।

ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेल भित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने भएको छ ।

यस्तै ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको छ ।