नविल बैंक र ग्लोबल आईएमई बैंकको आज पनि बैंकिंग सेवा खुल्ला

नविल बैंक र ग्लोबल आईएमई बैंकको आज पनि बैंकिंग सेवा खुल्ला

काठमाडौ । ग्राहकलाई सेवा दिने उद्देश्यले केही बैंकहरुले आज पनि सेवा दिने भएका छन् । आज भाईटीकाको दिन पनि नविल बैंक र ग्लोबल बैंकले सेवा दिने जनाएका छन् ।

 

आज ग्लोबल आईएमई बैंक काठमाडौंको कान्तिपथ शाखा दिउँसो २ बजेदेखि ४ बजेसम्म खुला रहने छ । यस्तै नविल बैंकले पनि विहान १० बजे देखि दिउँसो १ बजेसम्म बंैक खुल्ला रहने जानकारी दिएको छ।

 

नबिल बैंकले काठमाडौको दरबारमार्ग स्थित तीनधारा तथा पुल्चोक स्थित ललितपुर शाखाहरुबाट सेवा लिन सकिने जनाएको छ।
विदाको समयमा खुल्ने बैंकको काउन्टरबाट राजस्व बुझ्ने, नगद जम्मा तथा भुक्तानी जस्ता सेवाहरु लिन सकिनेछ ।
अन्य बैंकहरुले तिहारको विदा अविधि हिजोसम्म सेवा प्रदान गरेका थिए । यसअघि दशैमा पनि बैंकहरुले सेवा दिएका थिए ।