संसारभरको धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैठौं स्थानमा

संसारभरको धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैठौं स्थानमा

काठमाडौ । प्रदूषणका कारण हरेक वर्ष संसारभर झण्डै ९० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । एक अन्तर्राष्ट्रिय अध्ययनले सन् २०१५ मा प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु भएको जनाएको छ।

ल्यान्सेट जर्नलका अनुसार प्रदूषणका कारण मानिसमा मुटु रोग र मस्तिष्कघात सम्बन्धी समस्या हुने गरेको छ । अकाल मृत्यु भएका घटना मध्ये ६० प्रतिशतको हकमा प्रदूषणसंग सम्बन्धित रोग जिम्मेवार रहेको बीबीसीले जनाएको छ ।

अकाल मृत्युका लागि पानीसंग सम्बन्धित प्रदूषणपछि वायु प्रदूषण दोस्रो ठूलो कारण भएको अनुसन्धान कर्ताले जनाएका छन् ।  अकाल मृत्युका लगभग सबै घटना न्यून र मध्यम आय भएका मुलुकहरु रहेका छन् ।

बंगलादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा धेरै प्रभावित भएका छन् । प्रदूषणका कारण धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत पाँचौं र नेपाल छैठौं स्थानमा छन्।

बु्रनाई र स्वीडेन प्रदूषणसंग सम्बन्धित मृत्युका सबैभन्दा कम घटना हुने गरेको छ ।  अधिकांस मृत्युहरु मुटु रोग, मस्तिष्कघात् र फोक्सोको क्यान्सर जस्ता नसर्ने रोगका कारण भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।