महाकवि देवकोटाको १ सय ८ औँ जन्मजयन्ती मनाउँदै

महाकवि देवकोटाको १ सय ८ औँ जन्मजयन्ती मनाउँदै

काठमाडौ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय ८ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछ । महाकवि देवकोटाको जन्म विक्रम संवत १९६६ साल कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।


दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता पाइन्छ ।

वि.सं. २०१६ मा शिक्षामन्त्री समेत बनेका देवकोटाले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएको थियो।

क्यान्सर रोगबाट पिडित महाकवि देवकोटाको वि.सं. २०१६ साल भदौ २९ गते सोमवार साँझ ६ वजेर १० मिनट जाँदा देहान्त भएको थियो ।