स्क्रब टाइफस रोग संक्रमणको जोखिममा चितवन

स्क्रब टाइफस रोग संक्रमणको जोखिममा चितवन

काठमाडौ । चितवनमा २ सय ६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिए अनुसार साउनदेखि अहिलेसम्म २ सय ६५ जनामा स्क्रब टाईफस र १८ जनामा डेंगु रोग पुष्टि भएको हो।

 

कार्यालयका किट नियन्त्रण निरिक्षक रामकुमार केसीले विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनमा यस्तो पाईएको बताए । जसमध्ये स्क्रब टाइफस भएका २ जनाको भने मृत्यु भइसकेको छ।

तीन महिनामा १ हजार ७६ जनाको स्क्रब टाईफसको परिक्षण गरिएको थियो भने ६ सय ४४ जना विरामीमा डेंगु परिक्षण गरिएको थियो।