पर्यटनको दृष्टिकोणले ठमेललाई सवारी साधन मुक्त क्षेत्र बनाईदै

पर्यटनको दृष्टिकोणले ठमेललाई सवारी साधन मुक्त क्षेत्र बनाईदै

काठमाडौ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेललाई सवारी साधन मुक्त क्षेत्र बनाईने भएको छ ।

महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नागरिक समाज, स्थानियवासी, पर्यटन ब्यवसायी लगायत, ठमेल पर्यटन बिकास परिषदको आपसी समझदारीमा ठमेल क्षेत्रलाई भेहिकल फ्रि जोन बनाउन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यहि कात्तिक ५ गते बाट ठमेल क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी प्रवेश गर्न दिइने छैन।

 

सो क्षेत्रमा पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षा लगायतका अत्यावश्यक सवारी साधनलाई भने प्रवेश दिइने छ।

महाशाखाले ठमेल क्षेत्रलाई विश्वकै नमूना शहर बनाउन विभिन्न समिति बनाएर काम शुरु गरेको छ ।