पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौ । सिन्धुपाल्चोक जिल्लालाई २९ औँ पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्लामा रहेका १२ वटा स्थानीय तहका सबै वडाहरुलाई पुर्ण खोप सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकलाई आजबाट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव किरण रेग्मीले खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै स्वास्थ्य क्षेत्रमा सिन्धुपाल्चोकले ठूलो फड्को मारेको दाबी गरे ।