तेस्रो लिङ्गी सहित १ लाख ९४ हजार ९१३ मतदाता

तेस्रो लिङ्गी सहित १ लाख ९४ हजार ९१३ मतदाता

सुखिलाल चौधरी/गाइघाट, उदयपुर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उदयपुरमा कुल एक लाख ९३ हजार ९१३ मतदाताहरुले मतदान गर्ने छन्।

२०६८ सालको जनगणनाको तथ्याङ्क अनुसार ३ लाख १७ हजार ५२७ जनसंख्या मध्ये एक तेस्रो लिङ्गी सहित महिला ९५ हजार ८ सय ८९ र पुरुष ९८ हजार २३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

स्थानीयतह निर्वाचनमा १ लाख ७१ हजार ४६१ मतदाता रहेकोमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ हजार ४५२ फोटो सहित मतदाता थपिएको छ। पछिल्लो निर्वाचन क्षेत्र निर्धारण अनुसार उदयपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएको छ।

कायम भएको यस जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख १४ हजार ५८६ मतदाता रहेका छन् । तीमध्ये पुरुष ५६ हजार ८८८ र महिला ५७ हजार ६९७ छन भने त्रियुगा उच्च मावि गाईघाट मतदान केन्द्र रहने गरी एक जना तेस्रो लिङ्गी मतदाता पनि रहेको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा ४१ हजार १३५ पुरुष र ३८ हजार १९२ महिला गरी कुल ७९ हजार ३२७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले जानकारी दिए ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ (क) मा ६१ हजार १९ मतदाता र प्रदेशसभा क्षेत्र नं. १ (ख) मा ५३ हजार ५६७ मतदाता रहेको छ भने अर्को प्रतिनिधिसभा क्षेत्र नं २ अन्र्तगत प्रदेशसभा क्षेत्र नं २ (क) मा ३७ हजार ३४५ मतदाता र प्रदेशसभा क्षेत्र नं. २ (ख) मा ४१ हजार ९८२ मतदाता रहेको छ।

यस्तैगरी, निर्वाचनलाई स्वच्छ, शान्ति र एवं धाँधली रहित सम्पन्न गर्न दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएकोे सूचना अधिकारी खड्काले बताए।