डा. केसीकोे १३ औं अनसनप्रति पनि सरकारी वेवास्ता यथावत्

डा. केसीकोे १३ औं अनसनप्रति पनि सरकारी वेवास्ता यथावत्

काठमाडौ । दश दिनदेखि अनसनरत प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाका लागि केसीका समर्थकले काठमाण्डौंमा प्रर्दशन गरेका छन्।
१३औं पटक अनशन बस्दा पनि संसद्ले डा. केसीको माग पूरा गर्न नसकेपछि आज प्रदर्शन गरिएको केसीका समर्थक डा. जिवन क्षेत्रीले जानकारी दीए।

केसीको सर्मथनमा माईतीघर मण्डलादेखि बानेश्वरसम्म ¥याली निकालिएको थियो ।

व्यवस्थापिका संसदको हिजो बसेको बैठकले पनि डा. केसीको सुझाव तथा माथेमा आयोगको प्रतिवेदन अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न नसकेपछि डा. केसीको अनसन जारी रहने भएको छ।

विधेयक पारितका लागि हिजो सभामुख ओनसरी घर्तिले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासंग छलफल गरेको थियो ।

एमाले र माओवादीले असहमती जनाएपछि विधेयक अघि बढ्न नसकेको हो । आफनो माग पूरा नभएसम्म अनसन बसिरहने डाक्टर केसीले अडान लिएको छ।