सरकारबाट नबाहिरिने माओवादी केन्द्रको निर्णय

सरकारबाट नबाहिरिने माओवादी केन्द्रको निर्णय

काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनाव प्रभावित हुन सक्ने भन्दै समर्थन पनि फिर्ता नलिने र सरकारबाट पनि नहट्ने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए।

माओवादीले मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको निर्णय निर्वाचन आचार संहिता विपरित हुने ठहर समेत गरेको छ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा सहभागी गराएर मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री देउवाले हिजो राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित ४ मन्त्री र ४ राज्य मन्त्री नियुक्त गरेको थियो । तर, राष्ट्रपतिले सपथ ग्रहणको समय उपलब्ध नगराउँदा नवनियुक्त मन्त्रीहरुको सपथ अन्यौलमा परेको छ ।