गायिका मिलन र मेन्सन अमात्यवीचको अधुरो मिलन

गायिका मिलन र मेन्सन अमात्यवीचको अधुरो मिलन

काठमाडौ । हुन त कलाकारको फेमिली लाइफ भनेको हुंदैन । भएमा पनि पानीको फोक्का जस्तो हुने गर्दछ । कलाकारको फेमिली लाइफ टिकाउनै गाह्रो छ। टिकेका कतिपय कलाकारका फेमिली लाइफमा रहर भन्दा बढी कर तथा बाध्यता मिसिएको हुन्छ।

जुन चाहेर पनि उनीहरुले छुटाउन सक्दैन । कोही भने, वाक्क–दिक्क भएर जिन्दगीको त्यो फेमिली लाइफलाई तिलाञ्जली दिदै अदालतवाटै डिभोर्सको राजिनामा पास गरिदिन्छन् । अनि एक कुनामा पसेर रुने गर्दछन् त अर्को आक्रोश पोख्दै बेइज्जत गर्नसम्म पछि पर्दैनन्। यस्तै घटना घट्न पुग्यो नेपालमा। नाम मात्र मिल्नु पर्ने र सवैसंग मिल्ने स्वभावकी भएका कारण गायिका मिलन अमात्यको नाम नै मिलन भएको हो । भारत आसाम जन्मेर त्यतै हुर्केर घरजम गर्न मात्र नेपाल आएकी मिलन अमात्यको बास्तविक नाम मिलन नेवार हो।

आसाम मणिपुरकी यी गायिका त्यहाँको नेवार पानीको भएको कारण उनी त्यो बेला नै मिलन नेवार नामवाट भारत आसामवाट चर्चित गायिकाको रुपमा ख्याति कमाएकी थिइन् । सोही ख्यातिको क्रममा सात बर्षअगाडि काठमाडौको न्यूरोडस्थित एक व्यापारी मेन्सन अमात्यसंग उनको मन वस्न पुग्यो । ठाडै भाषामा भन्दा मिलनको मेन्सनसंग प्यार भयो ।
मेन्सनको प्यारमा धपक्कै बलेकी आगो झे मिलन मेन्सन आत्मामा छपक्कै भिज्न पुगिन मिलनको त्यो प्यारलाई मेन्सन गर्ने कुनै ठाउं नै छैनभन्दा हुन्छ। मिलनको प्यारमा बहुलाहा जस्तो बनेका मेन्सनले मिलनलाई काठमाडौको न्यूरोड घरमा तामझामका साथमा नै भित्र्याएका थिए ।

मिलनको सांगीतिक करियरलाई यो सात बर्षको अन्तरालमा यति धेरै माथि पु¥याउने पर्दा पछाडिका हिरोमा मेन्सन नै हो भन्दा कुनै फरक पर्दैन। मिलनका हरेक गीतका एल्बममा बेहिसाव खर्च गरेर गायनको शिखरमा पु¥याइदिने कार्य मेन्सनवाटै भएको मिलनले अझैपनि भन्ने गरेकी छिन्। यिनै मिलन तथा मेन्सन यो बर्षको दशैंमा मिल्नु पर्नेमा दशैंको पूर्वसन्ध्याम छुट्टिएन पुगेका छन्। मिलन र मेन्सनको डिभोर्स भएको छ । काठमाडौ जिल्ला अदालतमा डिभोर्स गरेका मिलन र मेन्सनको डिभोर्सका संवन्धमा मिलन कुनैपनि कुरा बोल्ने पक्षमा अवश्य थिएन । डिभोर्सको कुरालाई मिडियावाट लुकाउने प्रयास मिलनवाट भएकै थियो ।

मिलनकै गानाबट स्लोली स्लोली भने जस्तै मेन्सनले काठमाडौ जिल्ला अदालतमा मिलनसंग डिभोर्स गरेर गेटवाट फर्केको लगतै झ्याली पिटाउने कार्य गरिहाले । मिलनसंग डिभोर्स गरेर फर्कदा कुनै ठूलो युद्ध जिते जस्तो गरेर आएका मेन्सनको मिलन उपर आरोपको बर्षा भैहाल्यो ।–“मिलनको जायज–नाजायज संवन्ध पहिलो नेपाली तारा गायक दीपक लिम्बुसंग संवन्ध छ।”

दीपक लिम्बुसंग मिलनको संवन्ध भएको कारण डिभोर्स गर्न आफू बाँध्य भएको र मिलनलाई आफूवाट स्वतन्त्रता दिएको जस्ता कुरा मिडियालाई भनेपछि मिलन र मेन्सनको डिभोर्सको समाचारले अनलाइन समाचार माध्यमहरुमा हटकेक नै बन्यो। त्यो हटकेक समाचारले मेन्सनलाई त केही भएपनि राहत मिल्यो तर, एक छोराका बाउ दीपक लिम्बु र मिलनलाई भने ठूलै चोट प¥यो। हाल क्यानाडामा बसोबास गर्दैआएका गायक दीपक लिम्बुसंग मिलनको नाम मेन्सनले जोडेपछि क्यानाडावाटै दीपक लिम्बुले मिलनसंग गायनको व्यावसायिक संवन्ध वाहेक अरु केही संवन्ध नभएको प्रतिक्रिया दिएका छन्। मिलनले पनि दीपक लिम्बुसंगको संवन्ध र सरोकार भन्ने कुरा व्यवसायिकता वाहेक अरु नभएको भनेकी छन् । हावा नचलिकन पात हल्लिदैन भने जस्तै मिलन र दीपक लिम्बु वीच व्यवसायिकताको संवन्धभित्र मिसावट भएको पाएरै मेन्सनले त्यस्तो आरोप लगाएको हो कि भन्नेहरु पनि नभएका होइनन्।

कतिले त प्रथम नेपाली तारा दीपक लिम्बुको बास्तविक नाम संयोग लिम्बु हो भनेका छन् । नागरिकतामा दीपक लिम्बुको नाम संयोग लिम्बु रहेको छ। यसै कारण मिलनको पछिल्लो एल्वमको नाम नै मिलन संयोग राखेको हल्ला नचलेको होइन् ।जसलाई पुष्टि गर्न नसकेपछि मिलनले त्यस नामलाई संयोग मात्र भनेकी छन् । जहिलेसम्म संसारमा, गाला रातै, बट स्लोली जस्ता दर्जनौ दर्जन हिट गीतहरु मिलनले गाएकी छन् । मेन्सनसंग डिभोर्स गरेयता मिलनले आफ्नो नामको पछाडिको थर अमात्य पनि हटाएकी छन्। पूर्ववत मिलन नेवार भनेर चिनिन थालेकी छन् । तरपनि, मिलनको नेपाली नागरिकतामा मिलन अमात्य नाम नै रहेको छ।

मिलनलाई नेपाली नागरिकता मेन्सनले नै काठमाडौ जिल्ला प्रशासन कार्यालयवाट लिइदिएका हुन् । मिलनको नेपाली नागरिकतामा पतिको नाम तथा थरमा मेन्सन अमात्य नै रहेको छ । मिलन नेवार भनेर मेन्सन भएको छैन् । नेपाली नागरिकता मिलनले नत्यागेसम्म मिलनको नाम मिलन अमात्य नै हुने भएको छ । अनि श्रीमानको नाम तथा थरमा मेन्सन अमात्य नै हुनेछन्। डिभोर्स यता मिलनले पूर्ववत रुपमा आफू नेपाली सांगीतिक क्षेत्रमा नै फर्केको भनेकी छन् । तर, कतिपयले डिभोर्सयता मिलन दीपक लिम्बु बसोबास गर्दै आएको मुलुक क्यानाडा जाने चाँजोपाँजो मिलाउनतिर लागेको छ भन्ने खवरले नेपाली सांगीतिक क्षेत्र तातिएको छ ।