एक दिवसीय अन्तर्राष्ट्रिय लिगलाई आईसीसीद्वारा अनुमोदन

एक दिवसीय अन्तर्राष्ट्रिय लिगलाई आईसीसीद्वारा अनुमोदन

काठमाडौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टेष्ट च्याम्पियनसिप र एक दिवशीय अन्तराष्ट्रिय लिगका लागि योजना स्वीकृत गरेको छ।

आईसीसीको गभर्निङ बडीको बैठकले टेस्ट च्याम्पियनशिप र एक दिवसीय अन्तराष्ट्रिय लिगलाई अनुमोदन गरेको हो ।

च्याम्पियनसिपमा सहभागी हुने ९ टोलीले दुई बर्षको अवधिमा ३ वटा होम र ३ वटा अवे गरी ६ वटा टेस्ट श्रृखला खेल्नेछन् ।

प्रतियोगिताको शीर्ष दुई टोलीले च्याम्पियनसिपको फाइनल खेल्नेछ । त्यसैगरी एक दिवसीय लिग बरियता अनुसार १३ टोलीले खेल्नेछन्।

सन् ०२०-२१ को सिरिज दुई वर्षको हुनेछ र ०२३ को एक दिवसीय विश्वकपपछि सिरिजलाई तीन वर्षमा विस्तार गरिने आईसीसीका अध्यक्ष शशांक मनोहरले बताए।

Share