सरकारी स्वास्थ्य संस्था कैलालीमा औषधिको अभाव

सरकारी स्वास्थ्य संस्था कैलालीमा औषधिको अभाव

कैलाली सम्वाददाता । राज्य पुनर्संरचनासँगै सरकारले औषधि खरिद तथा वितरणको जिम्मा स्थानीय तहलाई दिएपछि सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमै आफूहरुले गर्ने कामबारे अन्यौल कायमै भएपछि औषधी अभाब भएको स्वास्थ्य संस्थाले जनाएका छन्।

आफैले औषधी खरिद गर्नु पर्ने भएपनि स्थानीय तहका जनप्रतिनिधी औषधी अभाव भएको गुनासो जिल्ला र क्षेत्रीय स्वास्थ्य निर्देशनालयसंग गरिरहेका छन्।

जनप्रतिनिधिहरुले स्थानीयतहका काम कर्तब्य र अधिकारका विषयमा समेत बुझ्ने प्रयास नगर्दा समस्या सिर्जना भएको कैलालीको हसुलिया आयुर्वेद औषधालयका प्रमुख सुभास शाहले बताएका छन्।

शाहले अबको १५ दिनभित्र औषधिको व्यवस्था नभए त्यस क्षेत्रका विरामीलाई समस्या हुने बताएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टंक प्रसाद चापागाईले जिल्लाबाट औषधीको माग भैरहेको भएतापनि सवै प्रकारका औषधी पु¥याउन नसकेको स्वीकार गरे ।

उनले क्षेत्रिय स्टोरमा भएको औषधी र जिल्ला जन स्वास्थ्य कार्यालय कैलालीसंग भएको औषधी भ्याएसम्म स्थानीयतहलाई उपलब्ध गराउँदै आएको बताए।

सुदूरपश्चिम क्षेत्रीय मेडिकल स्टोर धनगढीमा हाल ४० देखि ५० प्रकारको औषधी मात्र मौज्दात रहेको उनले बताए ।

देश नयाँ संरचनामा गईसकेपछि पनि सरकारले स्थानीयतहलाई २० लाखसम्मको औषधी टेन्डर प्रक्रिया बिना नै सिधै किन्न सक्ने अधिकार दिने गरेका कारण अहिले औषधी अभाव भएको चापागाईले बताए ।

जिल्लाहरुबाट माग भैरहेको सबै औषधी आपूर्ती गर्न नसक्नुको प्रमुख कारण यहि रहेको उनले बताएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले अभाब रहेको औषधी खरिदका लागि तयारी शुरु गरेको बताएका छन् ।

Share