नेपाली लोक सस्कृतिको अमेरिकामा गौरबमय प्रस्तुति

नेपाली लोक सस्कृतिको अमेरिकामा गौरबमय प्रस्तुति

वेको शहर/अमेरिका । बिशुद्ध सास्कृतिक पहिचान बोकेको एभरेष्ट नेपाल कल्चरल ग्रुप अमेरिका शाखाले  (WACO CULTURAL ARTS FEST)  हालै आयोजना गरेको सास्कृतिक मेलामा आफ्नो गौरबमय प्रस्तुति प्रस्तुत गरेको छ।

आयोजित कार्यक्रममा बरिश्ठ नृत्य निर्देशक तथा ग्रुपका अमेरिका शाखाका निर्देशक ठाकुर कोइरालाको नृत्य निर्देशनमा कलाकारहरु ठाकुर कोइराला, बर्षा भण्डारी, श्रीजेश कोइराला र श्रृष्टि गौतम लगाएत कलाकारहरुले झ्याउरे, यती, तामाङ सेलो आदी सांगीतिक नृत्यका झलकहरु प्रस्तुत गरेका थिए।

सोही अवसरमा ग्रुपका निर्देशक ठाकुर कोइरालाले WACO CULTURAL ARTS FEST का आयोजक वेको शहरका नगरपालिका कार्यकारी लगाएत उपस्थित सम्पूर्ण महानुभाबहरुलाई भेटेर नेपाली कला सस्कृति को बिकासको लागि भविष्यमा यस किसिमका विशेष कार्यक्रमहरुमा सरकारी तथा गैर सरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताए ।

एभरेष्ट नेपाल कल्चरल ग्रप अमेरिका शाखा र (WACO CULTURAL ARTS FEST)  ले बिगतका समयदेखि नै यस्ताखाले कार्यक्रमहरुको आयोजनाहरु निरन्तर रुपमा गर्दै आइरहेको छ ।