Saturday, April 21, 2018
समाचारसमाज

सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा सेनानी सुलोचना

काठमाडौ । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५ औँ शृङ्खलाको १ वर्ष अवधिको कोर्षका लागि छनौट भएको हो।

नेपाली सेनामा ४ हजार ६२ जना महिला रहेकामा महिला सैनिक अधिकृतको संख्या ३ सय ७१ रहेको सहायक रथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

सहायक सेनानीमा वि. स. २०६१ सालमा भर्ना भएकी सेनानी सुलोचनाले सेनाको उक्त प्रतिष्ठित कोर्ष गर्न पाउने पहिलो महिला बनेकी छिन्।

पच्चिसौँ कमाण्ड एण्ड स्टाफ कोर्षका लागि यस वर्ष ७ महिलासहित ३ सय सैनिक अधिकृतले प्रतिस्पर्धा गरेकोमा ४९ जना छनौट भएका थिए।

१० वर्ष सैनिक सेवा पूरा गरी ३६ वर्ष उमेर ननाघेका सैनिक अधिकृतले उक्त कोर्षका लागि ३ पटक प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको छ।