Saturday, April 21, 2018
प्रदेशसमाचारसमाज

समिट एयरको बिमान दुर्घट्नाबाट धन्न धन्न बच्यो

भोजराज कार्की, सोलुखुम्बु । समिट एयरको बिमान दुर्घट्नाबाट जोगिएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमान्डौबाट तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला आएको 9NAMH कल साईनको उक्त जहाज ठूलो दुर्घट्नाबाट जोगिएको हो ।

सोमवार बिहान १०ः३० बजे लुक्लाको लागि उडेको उक्त जहाज धावनमार्गमा ल्याण्ड गर्ने क्रममा उफ्रिएर पछाडीको भागले जमिन छोएको प्रहरी निरिक्षक प्रदुम्न अधिकारीले जानकारी दिए ।

अटो प्लाईलोट अन गर्न भूल्दा विमानको पछाडीको भागले जमिन छुँदा सामान्य कुच्चिएको भएपनि अन्य कुनै क्षती नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

विमानमा १८ जना विदेशी नागरिक सवार भएपनि मानवीय क्षती भने नभएको प्राधिकरणले जनाएको छ। विमानमा सामान्य क्षती पुगेपछि काठमाडौबाट इन्जिनियरको टोली आई चेकजाँज गरेपछि दिउँसो ३ः१० मा पुनः काठमाडौ नै फर्किएको छ।

खुम्बु पासाङ ल्हमु गाउँपालिका २ मा रहेको बिमानस्थल आन्तरिक उडान हुने अन्य बिमानस्थल मध्ये निक्कै व्यस्त बिमानस्थल रहेको छ।

प्राविधिक दृष्टिकोणले यो बिमानस्थल अति संवेदनशील बिमानस्थलको रुपमा गनिन्छ । धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको बिमान चालकहरुको भनाई छ ।