Saturday, April 21, 2018
अर्थ संसारसमाचार

गतवर्षको तुलनामा आर्थिक वृद्धिदर झनै कम हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौ । विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धि ४ दशमलब ६ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ। साथै सन् २०१९ र सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर थप घटेर क्रमशः ४ दशमलब ५ र ४ दशमलब २ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ।

तराईमा बाढीले पुर्याएको क्षति, रेमिट्यान्समा गिरावट र ऋणको व्याजदरमा भएको वृद्धिको प्रभावका कारण आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

गत बर्ष ७ दशमलब ५ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल भएको थियो । यसबर्ष सरकारले आर्थिक वृद्धिदर ७ दशमलब २ प्रतिशत कायम गर्ने लक्ष्य लिएको भएपनि विश्व वैंकले भने त्यो भन्दा कमको प्रक्षेपण गरेको हो ।

यसअघि एशियाली विकास वैंक एडिबीले पनि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण ४ दशमलब ७ प्रतिशतबाट संशोधन गर्दै ४ दशमलब ९ प्रतिशत हुुने बताएको थियो । हरेक बर्ष नेपालमा जनसंख्याको दर बढेपनि रोजगारीको दर बढ्न नसकेको विश्व वैंकले आफ्नो प्रतिवेदनमा उल्लेख छ ।

हरेक बर्ष काम गर्न सक्ने ३५ हजार जनसंख्या बढ्ने तर रोजगारी सृजना हुन नसकेको भन्दै विश्व वैंकले नेपालमा बर्षेनी २ लाख ४० हजार रोजगारी सृजना गरिनु पर्ने उल्लेख गरेको छ ।