Saturday, April 21, 2018
राजनीतिसमाचार

पार्टी एकतामा अन्यौलता उत्पन्न भएपछि बैठक वोलाइयो

काठमाडौ । पार्टी एकताका बारेमा असमझदारी बढेपछि बसेको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

सोमवार झण्डै २ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले मंगलवार विहान ९ बजे बस्नेगरी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ । बैशाख ९ गते पार्टी एकता गर्ने भनेपनि अन्यौल उत्पन्न भएपछि एकता संयोजन समितिको बैठक बोलाईएको हो ।

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डलाई एकताका क्रममा आधा हिस्सा दावी गर्न पार्टी भित्रैबाट दबाब बढेको छ । साथै जनयुद्ध शब्द र चुनाव चिन्नका विषयमा कुरा मिल्ना सकेको छैन ।