पाँचथर । पाँचथरको फिदिम लुम्फाबुङक्षेत्रमा नगदे वाली सुन्तलाको राम्रो उत्पादन हुने अचेल सुन्तला मासिदै गएको छ।
व्यवसायिक रुपमा सुन्तला खेती गरेका किसानका बारीमा कतै सुकेका र कतै बोटहरु सुक्न लागेका छन् । खडेरीका कारण सुन्तलाका बोट सुक्न थालेको भन्दै किसान चिन्तित बन्ने गरेका छन् ।
एक दशक अघिसम्म सुन्तलाबाटै जिविकोपार्जनको मूल आधार नै रहेको पछिल्लो समय सुन्तला मासिदै जान थालेपछि निराश बनेको लुम्फाबुङडाँडाकी ७० वर्षिया बुधरानी लावतीले बताइन् ।
वर्षा कम हुने, गाउँमा भएका पानीका मुहानहरु पनि सुक्दै जानु र रोपिएका सुन्तला क्रमशः मर्र्दै गएको ले पनि किसानहरु निराशिएको थप लावतीको भनाई छ ।