Saturday, April 21, 2018
मनोरंजनसमाचार

इन्दिरा जोशीले ल्याइन् जब्बरदस्त नयाँवर्षे कोसेली ”गर्लफ्रेन्ड”

काठमाडौ । नेपालकै चर्चित सिङगिङ रियालिटि शो नेपाल आइडलकी जज एबम लोकप्रिय पप गायिका इन्दिरा जोशीको नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ।

नेपाली नया बर्षको पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको जोशीको ”गर्लफ्रेन्ड” गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन्। ”गर्लफ्रेन्ड” मा गायिका जोशीको नै शब्द र संगीत रहेको छ।

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको ”गर्लफ्रेन्ड” को म्यूजिक भिडियोमा सुनोद श्रेष्ठ , प्रिया मिश्र, एन्जी मुल्मीश्रेष्ठ लगायतका साथीहरुको अभिनय रहेको छ। अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन।

सुनोदले यस अघि अस्ट्रेलीयाबाट निर्मण र प्रशारण भैरहेको टि भी सीरिजहरु र म्यूजिक भिडियो हरुमा अभिनयको गरेका छन् एस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्यूजिक भिडियो मेकिङ्ग लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै आउनु भएको छ ।