Saturday, April 21, 2018
समाचारसमाजसंस्कार / संस्कृति

मातृ ऋणबाट मुक्त भइने आमाको मुख हेर्ने पर्व मनाउँदै

काठमाडौ । वैशाख कृष्ण औँसी आज, आमाको मुख हेर्ने पर्व जन्म दिने आमाको सम्मान गरी मनाउँदैछ।

आजैको दिन आमालाई मीठामीठा परिकार खान दिने तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाउने गरिन्छ।

छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाई दिने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दान सहित भोजन गराई दिवंगत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन ।

यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा भव्य मेला लागेको छ ।