Saturday, April 21, 2018
समाचारसमाजसंस्कार / संस्कृति

नयाँ वर्षको शुभारम्भसँगै तराईका जिल्लाहरुमा सिरुवा पर्वको रौनकता छायो

काठमाडौ । तराईका जिल्लामा आइतवार सिरुवा पर्व मनाइँदैछ । वषैकै सबैभन्दा पहिले हुने हुनाले थारु भाषामा सिरुवा पावैन भनिएको हो। यो पर्व बैशाखमा मनाइने हुनाले यसलाई बैशाखी वा बाइस पर्व वा जुडशीतल पर्व पनि भनिन्छ ।

नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषता भनेको आ–आफ्ना अग्रजबाट आशीर्वाद लिनु, चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हाल्नु र सडक सरसफाई गर्नु हो ।

आइतवार बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहून’ भनेर आशिष दिने गर्दछन् ।

मैथिली समुदायले यस पर्वलाई ‘जुडशीतल पर्व’ पनि भन्ने गर्दछन् ।