Saturday, April 21, 2018
समाचारसमाजसंस्कार / संस्कृति

बिस्केट जात्रा अन्तरगत आज बुद्धकृष्ण बाग श्रेष्ठको जिब्रो छेडिने

भक्तपुर । भक्तपुरमा मनाइने ऐतिहासिक बिस्का अर्थात बिस्केट जात्रा अन्तरगत आइतवार जिब्रो छेड्ने जात्रा हुदैछ।

मध्यपुर थिमि बोडेमा यसरी जिब्रो छेड्ने जात्रा मनाउन लागिएको हो । गतवर्ष झैं यसवर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउदै छ।

श्रेष्ठले जिब्रो छेड्न लागेको यो छैंठौं पटक हो । एक महिनासम्म तेलमा डुबाएर राखेको सियो अर्थात सुइरोले जिब्रो छेड्ने प्रचलन छ।

जिब्रो छेड्ने व्यक्ति परम्परागत पोशाक सहित जात्राको मञ्चमा आएपछि नाइके प्रधानले पूmल, अक्षता र पैसा सहित दिएको सुइरोले कर्मी नाइकेद्धारा सम्पूर्ण देवतासंग प्रार्थना गरी जिब्रो छेड्ने कार्य गरिन्छ ।

जिब्रो छेड्ीसकेपछि चन्द्राकारको महादीप बालेर शहर घुमाइन्छ । शहर टोल परिक्रमा गरी स्थानीय महालक्ष्मी मन्दिरमा पुगेपछि सुईरो निकाल्ने गरिन्छ ।